धनकुटा सहिदभूमिका एक जनाको करेन्ट लागेर उपचारका क्रममा मृत्यु

धनकुटा,२० असोज । धनकुटामा करेन्ट लागेर उपचारका क्रममा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको सहिदभूमि गाउंपालिका २ का ६४ बर्षिया सोमशेर माया राई रहेका छन् ।

गत असोज १६ गते मोबाइल फोनलाई चार्ज बाट निकाल्ने क्रममा बायां हातमा करेन्ट लगी घाईते भएकी राईलाई सोहि दिन स्थानिय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्केकोमा आज पुन: स्वास्थ्यमा समस्या देखा परेपछि उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो ।

राईको आज उपचारकै क्रममा जिल्ला अस्पताल धनकुटाको चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

मृतक राईको कानुनी प्रकृया पूरा गरि पोस्ट्मार्टम पश्चात मृतकको आफन्तले लास बुझी लगेको डीएसपी कार्कीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।