धनकुटामा उद्योग दर्ता गर्नेको संख्या वार्षिक रुपमा घट्दै
धनकुटा,२१ असोज । धनकुटामा विगतका चार आर्थिक लगातार उद्योग दर्ता गर्नेको संख्या घट्दै गएको छ ।
धनकुटामा आर्थिक वर्ष २०७८÷०७९ मा ५१६ उद्योग कार्यलयमा दर्ता भएका थिए त्यस यताका आर्थिक वर्षमा लगातार उद्योग दर्ताको क्रम घट्दै गएको घरेलु तथा साना उद्योग कार्यलयमा धनकुटाका प्रमुख मेघराज बस्नेतले जानकारी दिए ।
यस आर्थिक वर्षमा उत्पादन मुलक उद्योग २४ वटा, कृषि तथा वनपैदावरमा आधारित उद्योग ३९२ वटा, पर्यटन पूर्वाधार संग सम्बन्धीत ४८ वटा र सेवा मूलक उद्योग ५३ वटा दर्ता भएका थिए त्यस्तै आर्थिक वर्ष २०७९÷०८० मा उत्पादन मुलक उद्योग १४ वटा, कृषि तथा वनपैदावरमा आधारित उद्योग २०१ वटा, पर्यटन पूर्वाधार संग सम्बन्धीत ५५ वटा र सेवा मूलक उद्योग ५१ वटा दर्ता भएको प्रमुख बस्नेतको भनाइ छ । त्यस्तै आर्थिक वर्ष २०८०÷०८१ मा उत्पादन मुलक उद्योग १५ वटा, कृषि तथा वनपैदावरमा आधारित उद्योग ६० वटा, पर्यटन पूर्वाधार संग सम्बन्धीत २१ वटा र सेवा मूलक उद्योग २६ वटा दर्ता भए भने आर्थिक वर्ष २०८१÷०८२ मा यो संख्या झनै घट्दै उत्पादन मुलक उद्योग ९ वटा, कृषि तथा वनपैदावरमा आधारित उद्योग ४४ वटा, पर्यटन पूर्वाधार संग सम्बन्धीत १६ वटा र सेवा मूलक उद्योग ३० वटा मात्रै दर्ता भएको कार्यलयले जनाएको छ ।
आफूहरुले विना दर्ता संचालनमा रहेका उद्योग लाई दर्तामा आउन पहल लिए पनि भने अनुसारले संचालनमा रहेका उद्योग समेत दर्ता नभएको र विविध कारण बाट समेत उद्योग नै स्थापना नहुदाँ पनी उद्योग दर्ता संख्या केहि वर्ष यता घट्दै गएको कार्यलयले जनाएको छ ।


