धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अस्थायी र करार सेवामा रहेका सबै कर्मचारीहरू हटाउने
धनकुटा,२१ असोज ।धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अस्थायी र करार सेवामा रहेका सबै कर्मचारीहरू हटाउने भएको छ ।
पालिकाले प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बहादुर घिमिरेद्वारा हस्ताक्षरित सुचना जारी गर्दै अस्थायी र सेवा करार सम्झौता रद्द गरिएको जनाएको छ ।
जारी सुचनामा भनिएको छ –
प्रस्तुत विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८२।०६।०८ गते च.नं. ११३ र अर्थ मन्त्रालय सिंहदरबार काठमाण्डौको च.नं. ११८ को मिति २०८२।०६।०७ को पत्रानुसार “नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरवन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने” निर्देशन भए बमोजिम यस कार्यालय अन्तर्गत दरबन्दी बाहेकमा अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य कर्मचारिहरूको अर्को सूचना प्रकाशित नहुञ्जेल मिति २०८२।०६।२१ गते देखी लागु हुने गरी नियुक्ति र करार सम्झौता रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।



