‘माइतीघर’ प्रदर्शन सुरु भएको केही दिनमै देशभर उत्साहजनक व्यापार गर्दै

काठमाडौ । नेपाली फिल्म ‘माइतीघर’ले प्रदर्शन सुरु भएको केही दिनमै देशभर उत्साहजनक व्यापार गर्दै उत्कृष्ट सफलता हासिल गरिरहेको छ ।

बडादशैँको फूलपातीका दिनबाट प्रदर्शनमा आएको यस फिल्मले पछिल्ला दिनहरूमा दर्शकको प्रशंसा र साथ दुवै पाउँदै आफ्नो प्रदर्शनलाई अझै बलियो बनाएको छ । दशैंपछि फिल्मको व्यापार झनै उचाइमा पुगेको छ । विशेषगरी मंगलवार नेपालगञ्जमा ‘माइतीघर’ले बम्पर व्यापार गरेको छ ।

त्यहाँको सिने रोयल सिनेमा हलमा सातै शो हाउसफुल भएका छन्, जसले फिल्मप्रतिको दर्शक उत्साह झल्काएको छ । निर्माता रोहित अधिकारी कलाकारहरूसहित सोमवार साँझ नेपालगञ्ज पुगेका थिए । उनका अनुसार आज हल पुगेका धेरै दर्शकहरूले टिकट नै पाउन सकेनन् । स्थानीय दर्शकहरूले काठमाडौंबाट पुगेका कलाकारहरू केदारप्रसाद घिमिरे, धीरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर वाङदेल र निर्देशक मिलन तामाङलाई भव्य स्वागत गरेका थिए ।

नेपालगञ्जकै क्यूएफएक्स बागेश्वरीमा पनि फिल्मले दर्शकको उल्लेखनीय साथ पाइरहेको निर्माता अधिकारीको भनाइ छ । उनका अनुसार देशभर फिल्मको व्यापार सुखद गतिमा अगाडि बढिरहेको छ र बलियो वर्ड अफ माउथले फिल्मको प्रदर्शन झनै मजबुत बनाइरहेको छ ।

यद्यपि निर्माण पक्षले आधिकारिक व्यापारिक आँकडा सार्वजनिक गरेको छैन, तर फिल्मको सफलता देशभरका फिल्म हलहरूमा दर्शकको उत्साहबाट स्पष्ट देखिन्छ । मिलन तामाङ निर्देशित यस फिल्ममा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ र शिशिर वाङदेल लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।