भेडेटार–ढुङ्गे सडक खण्ड र धरान विष्णुपाडुका आहाले सडक पुनः सञ्चालन
हिराराज राई, धनकुटा । अविरल वर्षाका कारण गएको पहिरो र हिलोका कारण अवरुद्ध बनेको भेडेटार–ढुङ्गे सडक खण्ड सरसफाई तथा मर्मत कार्य सम्पन्न भएपछि पुनः यातायात सञ्चालन गरिएको छ।
सडक अवरुद्ध भएपछि स्थानीयवासी र यात्रुहरूलाई आवागमनमा समस्या परेको थियो। गाउँपालिकाको पहलमा डोजर र श्रमिकको सहयोगमा हिलो, बाँसको झ्याङ् तथा पहिरो हटाइएपछि आजदेखि यातायात सञ्चालनमा आएको हो।
त्यस्तै, धरान विष्णुपाडुका आहाले सडक चाँदीबजारसम्म सरसफाईपछि आजदेखि नियमित रुपमा यातायातका लागि सुचारु गरिएको छ।
सडक सरसफाईका क्रममा बाँकी अन्य भित्री ग्रामीण सडकहरू पनि क्रमिक रूपमा खोल्ने कार्य जारी रहने साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो। उहाँका अनुसार, वर्षाका कारण अवरुद्ध भएका अन्य साना सडक मार्गहरू पनि केही दिनभित्र सञ्चालनमा आउने बताएका छन्।


