धनकुटाका यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,२४ असोज । धनकुटाका केही स्थानमा भोलि(शनिबार) बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ केभि बेलहरा फिडर अन्तर्गत सहिदभूमि गाउंपालिका २ को शाम्भु गाउ, ढोलमुखा, कागुने,पाङ्नाम, सिम्ले, त्रिबेणि लगायतका स्थानहरुमा लाइनको वरिपरि रहेका रुख, हागा,बास,तथा झाडी कटान (बुश कटिङ) कार्य गर्नुपर्ने भएकोले उक्त क्षेत्रमा बिद्युत सेवा अबरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।
बिद्युत बिहान बिहानको ८ बजे देखि दिउंसो ३ बजेसम्म अवरुद्द हुने प्राधिकरणले जनाएको छ ।


