नेपाली सेनाको स्पष्ट सन्देश— ‘हाम्रो उद्देश्य स्थायित्व र शान्ति, भ्रम नफैलाऔं’
काठमाडौ । भदौ २३ र २४ गतेका घटनापछि बढेको अस्थिरतालाई मध्यनजर गर्दै नेपाली सेनाले देशभर शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम उठाइसकेको जनाएको छ।
सेनाले शुक्रबार जारी विज्ञप्तिमा हालको संवेदनशील अवस्थालाई वस्तुपरक ढंगले मूल्यांकन गरेर स्थायित्व र शान्तिको दिशामा पहल गरेको स्पष्ट पारेको छ।
साथै सेनाले आफ्ना भूमिकाबारे मिडिया र सामाजिक सञ्जालमा आएका विभिन्न टिप्पणीप्रति आभार व्यक्त गर्दै अनावश्यक भ्रम नफैलाउन सबैलाई आग्रह गरेको छ।
विज्ञप्तिमा सेनाले “वर्तमान चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको स्थायित्वका लागि सबैको साझा प्रयास आवश्यक छ” भन्ने सन्देश पनि दिएको छ।


