धनकुटाको पाख्रिबास सिंहदेबी चोक-मुगा खोला बोक्रे कालोपत्रे सडक पहिलो चरणको उद्घाटन(फोटो फिचर)

धनकुटा,२६ असोज । धनकुटाको पाख्रिबास नगरपालिका ३ स्थित सिंहदेबी चोक -मुगाखोला बोक्रे सडक खण्डको पहिलो चरणको कालोपत्रे सडकको एक समारोहका बिच आज उद्घाटन गरिएको छ ।

उक्त सडक खण्डको सिंहदेबी चोक देखि पाख्रिबास कृषि अनुसन्धान केन्द्रको गेट सम्म ६३० मिटर निर्माण कार्य सम्पन्न भए संगै कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा निवर्तमान सांसद राजेन्द्र कुमार राईले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै फरक प्रसंगमा पूर्वमन्त्री राईले भने -जनताबाट बनिएको संविधानलाई कुल्चिने प्रयास भइरहेको छ तर संविधान कसैले कुल्चन नसक्ने र खारेज गर्न सक्दैन । अहिले जुन प्रकारले संविधानमाथि प्रहार गरिने कोशिष भइरहेको छ त्यसको हामी सबैले विरोध गर्नु पर्ने राईले बताए ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै पाख्रिबास नगरपालिका ३ का वडा अध्यक्ष एवं नगर प्रवक्ता सरोज राईले भने आजको यो बिषम परिस्थितिलाई परास्त गर्दै नगरको समृद्द बिकासको लागि हामी सबै एकताबद्द हुनु पर्नेमा जोड दिए । देशको वर्तमान परिस्थितिमा कोही पनि विचलित नभइ नगरको बिकासको लागि सहयोग गर्न पनि तमाम नगरवासीलाई वडाअध्यक्ष राईले अनुरोध गरे ।

नेपाल सरकार र पाख्रिबास नगरपालिकाको संयुक्त लगानीमा १ करोड पचास लाखको लागतमा आनन्द साइमण्ड जेभी कन्स्ट्रक्शन धनकुटाले उक्त सडक कालोपात्रेको जिम्मा पाएको थियो । गत आर्थिक बर्ष २०८१ पुष २२ गतेको सम्झौता अनुसार २०८२ असार १५ मा उक्त काम सम्पन्न हुनुपर्नेमा विविध कारणले २०८२ असोज ५ सम्म म्याद थप भइ उक्त सडक कालोपात्रेको काम सम्पन्न गरिएको हो ।

नगरका उपप्रमुख नम्रता गौतमको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री राई,नपाका प्रमुख प्रशासकिय अधिकृत विज्ञान कोइराला,वडा अध्यक्षहरु,समाजसेवी लगायत स्थानियवासीको उपस्थिति रहेको थियो ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।