जेन्जी आन्दोलनको आक्रोश र अभिभावकको रोदन बोकेको ‘जेन्जी तिहार (भिडियो सहित)

काठमाडौं । शुभ दीपावली – २०८२ लाई लक्षित गरेर नयाँ प्रकारको गीतको भिडियो सार्वजनिक भएको छ । विशेषतः उक्त गीतमा गत भदौ २३ र २४ मा जेन्जी पुस्ताले गरेको प्रदर्शन र राज्यको दमनलाई लक्षित गरेर गीतको निर्माण गरिएको छ ।

तुलसी बाँस्कोटा र सजिना लामिछानेले तयार पारेको शब्दमा स्वयम् बाँस्कोटा र चलचित्र निर्देशक आरबी खत्री शरदले संगीत गरेका छन् भने राजिव शाहले संगीत संयोजन र रेकर्डिङ एवम् मास्टरिङ गरेका छन् । उक्त गीतमा आरबी खत्री शरद्, श्रद्धा दियाली, रमेश मैनाली, राजिव शाह र निर्मला कार्कीको स्वर रहेको छ ।

भिडियोमा आरबी खत्री शरद्, लक्ष्मीनाथ तिमल्सिना, सरिता भण्डारी, सजिना लामिछाने, रमेश मैनाली, शिव मैनाली, राज धामी लक्ष्मी जोशी, पिय्रा कार्की, पार्वती अधिकारी भट्टराई, श्रीदा क्षेत्री बिन्दु श्रेष्ठ, तेजी कुँवर, सपना देवकोटा, अनिल राई, गीता ओली, सुजिता खत्री र लक्ष्मी सिवाकोटी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

त्यसैगरी, दिनेश लिम्बुको कोरियोग्राफी, आरबि खत्री शरदको निर्देशन, राज पोख्रेलको छायाङ्कन र राज धामीको सम्पादन रहेको छ । गीतले देशमा व्याप्त भ्रष्टाचार र परम्परागत राजनीतिका कारण जेन्जी पुुस्ता तातेका बेला देश जलेकोमा आक्रोश पोखेको छ भने देश बन्छ भन्दै घरबाट हिँडेको छोरो राज्यको दमनमा परेर मारिएको खबर सुनेपछि आमा विक्षिप्त बन्नु पर्दाको अवस्थालाई चित्रण गरेको छ । आदि शक्ति अफिसियल नामक युट्युबबाट भिडियो सार्वजनिक गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।