केदार घिमिरेद्वारा चलचित्र पत्रकार कल्याणकारी कोषमा २५ हजार सहयोग

काठमाडौं । चर्चित हास्य कलाकार तथा अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले चलचित्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोष का लागि नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन्।

चलचित्र पत्रकार संघ नेपालले लामो समयदेखि पत्रकारहरूको स्वास्थ्य उपचार, आकस्मिक समस्या र आपतकालीन अवस्थाका लागि सञ्चालन गर्दै आएको कोषलाई सशक्त बनाउन ‘कल्याणकारी कोष अभियान’ चलाइरहेको छ। यही अभियानअन्तर्गत आइतबार अभिनेता घिमिरेले संघका प्रतिनिधिलाई नगद हस्तान्तरण गरेका हुन्।

सहयोग रकम बुझाउँदै अभिनेता घिमिरेले भने, “म आफ्नो अभिनयबाट कमाएको पारिश्रमिकको केही अंश सधैं समाजसेवामा खर्च गर्दै आएको छु। यो पटक चलचित्र पत्रकारहरूका लागि सानो सहयोग गर्न पाउँदा खुसी लागेको छ। पत्रकारहरू नै हाम्रो सिर्जनालाई द​र्श​कसम्म पुर्‍याउने माध्यम हुन्, उनीहरूको सहयोग हाम्रो दायित्व पनि हो।”

हालका दिनमा उच्च पारिश्रमिकका कलाकारका रूपमा परिचित घिमिरेले आफ्नो पारिश्रमिकको केही हिस्सा सामाजिक उत्तरदायित्वअनुसार समाजोपयोगी क्षेत्रमा लगाउँदै आएका छन्। उनले चलचित्र पत्रकारहरूको समस्यामा सानो योगदान दिन पाउनु गर्वको विषय भएको बताए।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले अभिनेता घिमिरेको योगदानप्रति आभार व्यक्त गर्दै भने, “हाम्रो कोषले अहिलेसम्म करिब दुई दर्जन पत्रकारहरूको उपचारमा प्रत्यक्ष सहयोग गरेको छ। भूकम्प, कोरोना महामारीजस्ता संकटका समयमा पनि पत्रकारहरूलाई राहत र उपचार सहयोग पुर्‍याउँदै आएको छ। यस्तो सहयोगले कोषलाई अझ मजबुत र प्रभावकारी बनाउनेछ।”

संघले चलचित्रकर्मी, कलाकार र अन्य शुभेच्छुकहरूलाई पनि पत्रकार कल्याणकारी कोषमा सहभागिता जनाउन आह्वान गरेको छ। अभिनेता घिमिरेको यो सहयोगले चलचित्र पत्रकारिता क्षेत्रमा सकारात्मक सन्देश र एकताको भावना जगाउने संघको विश्वास छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।