भीरमा खसेकी बालिकाको प्रहरीले गर्‍यो सकुशल उद्धार

काठमाडौं । भीरमा खसेर अड्किएकी बालिकालाई मकवानपुर प्रहरीले सकुशल उद्धार गरेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुल घर भएकी १४ वर्षीया रजना स्याङ्तान सोमबार राति करिब आठ बजे छबेली बजार जाने क्रममा खहरे खोलाको भीरबाट ५० मिटर तल खसेकी थिइन् ।

भीरबाट खस्ने क्रममा खोल्सामा अड्किएकी स्याङ्तानलाई इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको टोलीले उद्दार गरेको हो । उद्धार गर्ने क्रममा एक प्रहरी जवानले बालिकालाई डोरीले सुरक्षित रूपमा बाँँधेर आफूसँगै बोकेका थिए ।

माथि बसेका अन्य प्रहरीले डोरीको सहायताले दुवैलाई तानेर माथि निकालेका थिए । बालिकाको सकुशल उद्धारपछि स्थानीयले प्रहरीलाई अंकमाल गर्दै धन्यवाद दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।