ताप्लेजुङको आगलागी पीडितलाई काङ्ग्रेसको आर्थिक सहयोग

ताप्लेजुङ, मंसिर १० गते । ताप्लेजुङको तेम्बा बजारका आगलागी पीडितलाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङ र नेपाली काँग्रेस मिक्कवाखोला गाउँपालिका समितिले आर्थिक सहयोग गरेको छ । मिक्कवाखोला ४ स्थित तेम्बा बजारमा गत मंसिर २ गते मध्यरात भएको आगलागी पीडितलाई आर्थिक सहयोग गरेको हो ।

आगलागी पीडित प्रत्येक परिवारलाई नगद ११ हजार ५०० रुपियाँको दरले आर्थिक सहयोग गरिएको नेपाली काङ्ग्रेस जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङले जानकारी दिनुभयो ।

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेलामा सहभागी हुन तेम्बा बजार पुग्नुभएका सभापति सहित जिल्ला कार्यसमिति र मिक्कवाखोला गाउँपालिका समितिका अन्य पदाधिकारीहरूले आगलागी पीडितहरूलाई राहत स्वरुप जम्मा ६९ हजार रुपियाँ प्रदान गरेको हो ।

मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा आगलागी हुँदा इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।

आगलागीबाट भाडामा बस्दै आउनुभएको पासाङ फुटी शेर्पा र दोर्ची शेर्पा पनि पीडित हुनुभएको छ । उक्त आगलागीबाट एक करोड १८ लाख रुपियाँभन्दा बढीको क्षति भएको थियो ।-रेडियो काबेलीबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।