झापा र मोरङबाट ब्राउन सुगर सहित ४ जना पक्राउ

विराटनगर, मंसिर १४ गते । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ ।

हिजो बेलुका ५ बजे इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ का ३० बर्षीय देवराज खड्का र ३२ बर्षीया सुस्मिता राईलाई ब्राउन सुगर ३ ग्राम ३१० मिलिग्राम सहित पक्राउ गरेको छ ।

यसै गरी हिजो राती अस्थाई प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १७ बाट सोही स्थानका २३ बर्षीय साबिर मियालाई ब्राउन सुगर १०० मिलिग्राम र बेलबारी नगरपालिका ११ बस्ने ३२ बर्षीय निशान मगरलाई ब्राउन सुगर ३२० मिलिग्राम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।