झापामा बेवारिसे अवस्थामा नवजात शिशु मृत फेला
झापा । झापा गाउँपालिका–५ पन्थापारामा सालनालसहितको एक बेवारिसे नवजात शिशु मृत अवस्थामा फेला परेको छ।
प्रहरीका अनुसार पन्थापारा प्रहरी चौकीदेखि करिब १५० मिटर उत्तरतर्फ शिशुको शव फेला परेको हो।
स्थानीयवासीहरूले दिउँसो कुकुरले सालनालसहितको शिशुको शव घिसारेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
कुकुरले शिशुको टाउकोदेखि तलको आधा भागसम्म क्षति पुर्याएको छ ।
शिशुको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।


