घट्यो डिजेल र मट्टितेलको मूल्य, हवाई इन्धनको बढ्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो।
निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रति लिटरमा १ रुपैयाँले घटाइएको हो। नयाँ मूल्य सूची अनुसार तेस्रो वर्गमा १४६ रुपैयाँ पर्ने छ।
आन्तरिकतर्फ हवाई इन्धनमा प्रति लिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ पुर्याइएको निगमले जनाएको छ।
पेट्रोल र एलपी ग्यासको बिक्री मूल्य भने यथावत छ। यो मूल्य आइतबार राति १२ बजेपछि लागु हुनेछ।



