लेटाङबाट समेत पार्टीप्रति आस्थावान कार्यकर्ता विराटनगरको ‘एकता सन्देश सभा’मा सहभागी
लेटाङ,१५ मंसिर । नवगठित नेपाली कम्युनिष्ट पार्टीले विराटनगरमा आयोजना गरेको “एकता सन्देश सभा”मा लेटाङ क्षेत्रबाट समेत उल्लेख्य संख्यामा कार्यकर्ता, समर्थक तथा आस्थावान नागरिकहरू सहभागी भएका छन्।
बिहानैदेखि लेटाङको विभिन्न टोल–बस्तीबाट समूहगत रूपमा विराटनगरतर्फ प्रस्थान गरेका कार्यकर्ताहरूले पार्टी एकता अभियानप्रति आफूले देखाएको विश्वास र उत्साहको अभिव्यक्ति गरेका छन्। सहभागीहरूका अनुसार वामपन्थी शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता र नयाँ पार्टीप्रति बढ्दो आशाले उनीहरू कार्यक्रमसम्म पुग्न प्रोत्साहित गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, तथा अन्य शीर्ष नेताहरू उपस्थित हुने सूचनासँगै प्रदेशभरकै जस्तै लेटाङ क्षेत्रका कार्यकर्ताहरूमा पनि उत्साह देखिएको छ।
लेटाङबाट आएका सहभागीहरूले यो अभियानले देशभर वामपन्थी विचारधारामा नयाँ ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्। “एकता चाहिएको बेला आएको यो अभियानले स्थानीय तहसम्मको गतिशीलता बढाएको छ,” स्थानिय नेता नरेश मंग्रातिले भने।
बिराटनगरस्थित सभा स्थलमा लेटाङका युवादेखि ज्येष्ठसम्मको उपस्थिति देखिनुले पार्टी एकता अभियानले स्थानीय क्षेत्रमै पनि उल्लेख्य प्रभाव पारेको संकेत गरेको छ।


