मोरङको जिल्ला प्रशासन कार्यालय र सरकारी वकिल कार्यालयमा तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जना पक्राउ
मोरंग । मोरङको जिल्ला प्रशासन कार्यालय र सरकारी वकिल कार्यालयमा तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विराटनगरको महानगरपालिका–३ का ४१ वर्षीय महेश नेपाल, विराटनगर–५ का २६ वर्षीय आवाज पौडेल, विराटनगर–१० का ३२ वर्षीय राजिव यादव, सोही ठाउँका ३७ वर्षीय ताजिम अन्सारी, विराटनगर–११ का २९ वर्षीय अरुण साह र विराटनगर–६ का ५५ वर्षीय बलराम कामत छन् ।


