मेयर बालेन शाहलाई पितृशोक
काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको निधन भएको छ।
अस्पताल स्रोतका अनुसार शाहलाई पिसाबमा संक्रमण फैलिँदा शरीरमा गम्भीर समस्या देखिएको थियो र मस्तिष्कमा पनि असर परेको थियो।
उहाँ केहि दिनदेखि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो।


