इटहरी स्थित प्रभु ज्वेलर्समा करिब २२ तोला सुन र २५ केजी चाँदी चोरी
इटहरी । इटहरी स्थित प्रभु ज्वेलर्समा करिब २२ तोला सुन र २५ केजी चाँदी चोरी भएको छ।
पसलका सञ्चालक उमेशका अनुसार चोरहरूले ग्रिल भत्काएर भित्र प्रवेश गरेका थिए र ढोकामा समेत तोडफोड गरेका छन्।
चोरहरूले पसलमा जोडिएको सिसी क्यामेराको हार्ड डिस्कसहित लैजानुका कारण घटनाको प्रत्यक्ष दृश्य सुरक्षित नरहेको प्रहरीले जनाएको छ।


