किशोरी कार्कीले गरिन् ओखलढुंगाबाट चुनाब लड्ने घोषणा
काठमाडौँ । जेनजी अभियन्ता किशोरी कार्कीले ओखलढुङ्गाबाट चुनाव लड्ने भएकी छन् ।
सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ओखलढुङ्गाबाट चुनाव लड्ने जानकारी दिएकी हुन् ।
उनले ओखलढुङ्गा मुटुको धड्कन, जीवनको पहिचान भएको बताउँदै लेखेकी छन्,’ यही माटोमा म जन्मिएँ, यही माटोमै मेरो बुवाको सपना अधुरै छाडियो र यही माटोमै मेरी आमाले आधा जीवन आँसु पुछ्दै बिताउनुपर्यो।’


