३ दिनदेखि ड्राइभर सहित हराइरहेको सुमो भेटियो , ड्राइभर मृत अवस्थामा फेला
काठमाडौ । ३ दिनदेखि चालकसहित हराइरहेको सुमो घुर्मी नजिक पाखेमारा भन्ने स्थानमा सडकबाट करिब ३०० मिटर तल फेला परेको छ।
सुमोका चालक मृत अवस्थामै भेटिएका छन्।
कार्तिक १३ गतेदेखि हराइरहेको उक्त सुमो चालकको लोकेसन घुर्मी आसपास देखिएकाले खोजी कार्य जारी थियो।
घास काट्न गएका स्थानीयले दुर्घटनाग्रस्त सुमो देखेपछि हिजो साँझ प्रहरीलाइ खबर गरेका थिए।


