उर्लाबारीमा २७ दिने कर तथा खाद्य सुरक्षा अभियान शुरू

उर्लाबारी । “म तिर्छु कर, बनाउँछु उर्लाबारी नगर” भन्ने मूल नारासहित उर्लाबारी नगरपालिकाले कर तथा खाद्य सुरक्षा सम्बन्धी २७ दिने व्यापक सचेतना अभियान संचालन गरेको छ।

सोमबार सो अभियानको वडा ५ र ६ को सिमानास्थित मधुमल्ला रोडमा नगरप्रमुख गंगाप्रसाद खरेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, वडा अध्यक्षहरू तथा नेपाल प्रहरी प्रतिनिधिहरूको संयुक्त उपस्थितिमा उद्घाटन भएको छ ।

अभियानको पहिलो दिन बजार क्षेत्रमा रहेका व्यवसायीलाई करका प्रकार, कर तिर्ने प्रक्रिया, अनलाइन भुक्तानी प्रणाली, तथा खाद्य सुरक्षाका आधारभूत मापदण्डबारे प्रत्यक्ष जानकारी दिइयो। नगरपालिकाले स्वेच्छिक कर भुक्तानीलाई प्रोत्साहन गर्न कर तिर्ने व्यवसायीका लागि विशेष छुट व्यवस्था समेत गरेको छ।

अनलाइन कर भुक्तानी प्रणालीका बारेमा अधिकारीहरूले नगरको सेवा प्रणालीलाई छिटो, छरितो र आधुनिक बनाउन यसले महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्। राजस्व व्यवस्थापनलाई पारदर्शी, दिगो र सेवा–उन्मुख बनाउने उद्देश्यका साथ सुरु गरिएको यो अभियान २७ दिनसम्म निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

अभियानको क्रममा राजस्व शाखाका कर्मचारी क्षेत्रमै खटिएर नागरिक तथा व्यवसायीसँग प्रत्यक्ष संवाद गरिरहेका छन्। यसबाट करप्रति नागरिकको पहुँच, बुझाइ र विश्वास वृद्धि हुने नगरपालिकाको अपेक्षा रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।