झापाको देउनियाँ खोलामा अवैध उत्खनन: तीन ट्याक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा

झापा । भद्रपुर नगरपालिका–३ किचकबधस्थित देउनियाँ खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा तीन वटा ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर र बिओपी पृथ्वीनगरबाट खटिएको टोलीले सोमबार साँझ बालुवा लोड गरिएको मे १ त ६०८१, मे १ त २४७५ र प्र–१–०१–००२ त ०९४६ नम्बरका तीन ट्याक्टर नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका ट्याक्टरहरू आवश्यक कानुनी कारबाहीका लागि मंगलबार भद्रपुर नगरपालिकामा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।

कोशी प्रदेशको आर्थिक ऐन–२०८२ अनुसार अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टरलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।