मोरङ र उदयपुरबाट प्रतिबन्धित लागू औषध सहित तीन जना पक्राउ

विराटनगर, मंसिर १६ गते । मोरङ र उदयपुरको बिभिन्न स्थानहरुबाट मंसिर १५ गते प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका-११ का बिजय तोलाङ्गीको घर कोठाबाट लागू औषध ट्रामाडोल १८० क्याप्सुल र स्पास्पेन १७० ट्याब्लेट बरामद गरी पक्राउ गरेको हो ।

त्यस्तै मोरङको प्रहरी चौकी कटहरीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्र १-००२-००४ह २५४० नम्बरको सिटी सफारीमा लुकाई छिपाई ल्याउदै गरेको १० किलोग्राम लागू औषध गाँजा सहित सिटि चालक जहदा गाउँपालिका-७ का २० बर्षीय शसी मण्डललाई नियन्त्रणमा लिएको हो ।

यसैगरी उदयपुरको प्रहरी चौकी लालपताबाट गस्तीमा खटिएको प्रहरी टोलीले बिभिन्न प्रकारका प्रतिबन्धित लागू औषध ट्याब्टेल १७९ वटा र एम्पुल ६ वटा सहित कटारी नगरपालिका-७ का किरण नेपालीलाई नियन्त्रणमा लिएको हो ।

लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖