भोजपुरको हतुवागढीमा एम्बुलेन्स दुर्घटना,दुई गम्भिर घाइते
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका ६ होम्ताङमा एम्बुलेन्स दुर्घटना भएको छ ।
दुर्घटनामा सवारी चालक सञ्जीव राई अन्दाजी वर्ष २६ को र गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जय कुमार राई अन्दाजी वर्ष ५० को गम्भीर घाइते भएका छन् ।
प्रदेश १- ०२-००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो ।
बिरामीलाई होम्ताङ पुर्याएर घोडेटार फर्किने क्रममा बिहान करिब ९:४५ बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ।
घाइतेलाई हेलिकप्टर मार्फत उद्धार गर्ने तयारी रहेको ५ नं वडाध्यक्ष सुरेश कुमार राईले जानकारी दिनुभयो ।-स्रोत :अर्जुन राई


