झापामा चोरीको मोटर सहित युवक पक्राउ

झापा । झापाको झापा गाउँपालिका–४ चौधरी बस्तीबाट चोरी गरिएको मोटरसहित एक युवक पक्राउ परेका छन्।

मङ्गलबार बिहान करिब ६:५० बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी सहायक निरीक्षक दिनेश कुमार माझीको कमाण्डमा रहेको पाँच जनाको गस्ती टोली तथा सशस्त्र प्रहरी बल बिओपी टाघण्डुब्बाबाट स.प्र.ह गणेश बहादुर गुरुङको नेतृत्वमा खटिएको पाँच जनाको मोसा गस्ती टोलीले संयुक्त रूपमा उनको पक्राउ गरेको हो।

गस्तीका क्रममा नेपालतर्फ चोरी गरी भारततर्फ साइकलबाट लग्दै गरेको अवस्थामा कनकाई नगरपालिका–४, सुरुङ्गाका करिब २७ वर्षीय अशोक मगरलाई शंका लागेर रोकि चेकजाँच गरिएको प्रहरीले जनाएको छ।

जाँचका क्रममा मगरको साथबाट ८०×८० mm I/s–११ साइजको मोटर फेला परेपछि उनलाई चोरीको सामानसहित नियन्त्रणमा लिइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

यसअघि पनि झापा प्रहरीले जेन्जी आन्दोलनका क्रममा फरार एक कैदीलाई नियन्त्रणमा लिएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।