कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ताप्लेजुङका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

ताप्लेजुङ, मंसिर १६ गते । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले ताप्लेजुङ जिल्लाका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको छ ।

मंसिर १६ गते फुङ्लिङ नगरपालिका- ५ स्थित जानुईन होटलमा पूर्व सामाजिक विकाश मन्त्री बल बहादुर साम्सोहाङको प्रमुख आतिथ्यतामा भएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख घिमिरेले ताप्लेजुङ जिल्लामा अपराधका घटनाहरुलाई नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा स्थापना गर्न स्थानियबासीहरुको अहम भुमिका हुने हुँदा प्रहरी र नागरिक विचको सम्बन्ध सुदृढ बनाई सामुहिक भावनाका साथ अगाडि बढ्नु पर्ने बताउनुभयो । साथै वहाँले जनचेतनाको कमिबाट हुने आपराधिक घटना तथा कानुन बिपरितका कार्यहरुलाई निरुत्साहित गर्ने कार्यमा सवैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा स्थानियबासी, जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, व्यापार संघ, नागरिक समाज, संचारकर्मी, पूर्व प्रहरी कर्मचारीहरु, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतम लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।