हर्क साम्पाङको पार्टीबाट सांसद मन्त्री बने सांसद पद स्वतः निलम्बन
सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले सांसदहरू मन्त्री बन्न नपाउने प्रस्ताव अघि सारेको छ ।
हालै निर्वाचन आयोगमा दर्ता भएको सो पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै यदि पार्टीबाट निर्वाचित कुनै सांसद मन्त्री बनेमा उसको सांसद पद स्वतः निलम्बन हुने व्यवस्था गर्ने जनाएको हो ।


