यि हुन् धनकुटामा बस दुर्घटना हुंदा उपचारका क्रममा मृत्यु भएका बस चालक चौधरी

इटहरी । तेह्रथुमबाट शैक्षिक भ्रमण सकेर सुनसरीतर्फ फर्किंदै गरेको को १ ख ५३१३ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–७ स्थित रमाइलो घुम्ती नजिकै आइतबार दिउँसो करिब ४ः२५ बजे दुर्घटनामा पर्दा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका ६० वर्षीय बस चालक भुवन चौधरीको विराट टिचिङ अस्पताल, विराटनगरमा उपचारका क्रममा मंगलवार मृत्यु भएको हो।

सुनसरीको रामधुनी नगरपालिका–५ स्थित पिंक लोटस इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक भ्रमणका लागि पठाएको उक्त बसमा चालकसहित ४१ जना सवार रहेका थिए। दुर्घटनामा परेकाहरूमध्ये अधिकांश घाइते भएपनि उपचारपछि घर फर्किएका छन्।

तर, चालक चौधरी भने गम्भीर घाइते भएपछि धनकुटा अस्पतालमा सामान्य उपचारपछि विराटनगर पठाइएको थियो। विराटनगरमा उपचारकै क्रममा उनको मृत्यु भएको विद्यालय प्रशासनले जनाएको छ ।

चौधरीले विद्यालयमा चालकका रूपमा पु¥याएको इमानदार, लगनशील र कर्तव्यनिष्ठ सेवाको विद्यालय परिवारले प्रशंसा गर्दै आएको थियो। विद्यार्थीहरूको सुरक्षा र सहज आवागमनका लागि उनी सधैं समर्पित रहेको विद्यालयले जनाएको छ।

विद्यालय परिवारले एक सूचना जारी गर्दै स्वर्गीय भुवन चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

बस अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।