सुनसरीको इनरुवामा ४६० केजी गाँजा बोकेको स्कारपियो छाडेर चालक फरार

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–९ नहरचोक आसपास लागूऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

मंगलवार साँझ इनरुवा–जाल्पापुर भित्री सडकखण्डमा जाँचका क्रममा इनरुवाबाट जाल्पापुरतर्फ गइरहेको बा ३ च ५५८५ नम्बरको स्कारपियो रोकेर चेकजाँच गर्न खोज्दा चालकले गाडी नरोकी फरार भएको प्रहरीले जनाएको छ।

सम्बन्धित मार्गमा सतर्कता बढाइएपछि अस्थायी प्रहरी चौकी साम्बला, पोखरीचोकबाट खटिएको टोलीले नहरचोकबाट झण्डै १०० मिटर पर सवारी साधन छाडिएको अवस्थामा फेला पारेको हो।

चालक भने फरार अवस्थामा रहेकाले खोजतलास सुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखको कमाण्डमा खटिएको टोलीले कानुन बमोजिम सवारीसाधनको निरीक्षण तथा खानतलासी गर्दा स्कारपियो भित्र प्लास्टिकका बोरा प्रयोग गरी प्याक गरिएको १६ बोरा, करिब ४६० केजी (चार सय साठी केजी) गाँजा बरामद गरेको छ।

बरामद गरिएको सवारी साधन र लागूपदार्थलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ। फरार चालकको तीव्र खोजी जारी रहेको प्रहरीले जनाएको छ।
-टाकुरा न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖