उदयपुरको गाईघाटमा अनौठो र डरलाग्दो घटनामा संलग्न आरोपित २३ वर्षीय युवक यसरी भए जेल चलान

उदयपुर । उदयपुरको गाईघाट पिजी चोक नजिकै रहेको स्केटिङ पार्कबाट एक्कासी दुई युवक बेपत्ता हुन्छन् । आजभन्दा ३ महिना अघि अर्थात भदौ १० गतेको घटना हो यो । शिवालयटोलका १८ वर्षीय प्रविण श्रेष्ठ र शनिमन्दिर क्षेत्रका २० वर्षीय संजीव राई केही क्षणमै गायब हुन्छन् ।

ती दुईलाई सोही दिन रातारात एक समूहले बरुवा खोलाको किनारामा पुर्‍याइन्छ । अन्धाकार रात । त्यसपछि प्रविण र संजीवको अर्धनग्न अवस्थामा पछाडी दुवै हात बाँधीएको भिडियो सामाजिक संजालभर सार्वजनिक हुन्छ । जहाँ एक व्यक्तिले मोवाईलमा भिडियो खिच्दै एकोहोरो लाठी बर्साइरहेको देख्न सकिन्छ ।

सोही घटनामा संलग्न रहेको आरोपमा तीन महिनापछि लुकिछिपी बस्दै आएको अवस्थामा त्रिनपा ११ बगरटोलका २३ वर्षीय उज्वल राई पक्राउ परेका छन् । प्रहरीलाई तीन महिनासम्म छक्याएर भाग्न सफल उज्वललाई समातिएसँगै जिल्ला अदालत उदयपुर लगिएको थियो ।

अदालतको आदेशमा उनलाई पुर्पक्षका लागि जिल्ला कारागार उदयपुर चलान गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।