शिक्षामन्त्री महावीर पुनले दिए मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकालाई चेतावनी
काठमाडौ । शिक्षामन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकालाई चेतावनी दिएका छन्।
मन्त्रालयले तत्काल समिति गठन गर्न निर्देशन दिँदै अवज्ञा गरे संघीय अनुदान रोक्का गरिने जनाएको छ।
यस्ता पालिकाहरूको नाम संकलन भइरहेको र पीडित अभिभावकलाई समेत जानकारी दिन आग्रह गरेका छन् ।


