मोरङको धनपालथानबाट प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद
मोरङ, मंसिर १७ गते । मोरङको धनपालथान गाउँपालिका-१ गडेरीया स्थितबाट बेबारीसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल प्रहरीले बरामद गरेको छ ।
मंसिर १६ गते बिशेष सूचनाको आधारमा प्रहरी चौकी गडेरीयाबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका-१ गडेरीया टोल स्थित बाँसको झ्याङमा २ वटा झोलामा बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधि ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको हो ।
लागू औषध बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा थप अनुसन्धान भईरहेको छ ।
चेकजाँचको क्रममा सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान-१३ स्थितबाट प्रतिवन्धित औषधी २७६ चक्की सहित १ जनालाई पक्राउ गरेको छ ।


