लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

सुनसरी, मंसिर १७ गते । सुनसरीको इलाका प्रहरी कार्यालय पकली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले लागूऔषध ब्राउन सुगर ओसार पसारमा संलग्न रहेका ४ जनालाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम र २ जनालाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

मंसिर १६ गते दिउँसो सुनसरीको रामधुनी नगरपालिका-१ स्थितमा लागू औषधको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-५ का ३६ बर्षीय साहबुदिन आलम, इटहरी उप-महानगरपालिका-१८ का २० बर्षीय मोहमद साबिर, २४ बर्षीय रहमत अली र २४ बर्षीय मोहमद असलमलाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

सोही दिन झापाको प्रहरी चौकी टाघनडुब्लाले शिवसताक्षी नगरपालिका-६ का ओम नारायण राजबंशी र मनोज राजबंशीलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖