सुनसरीबाट ४ सय ६० किलोग्राम लागूऔषध गाँजा सहित सवारी साधन नियन्त्रणमा
विराटनगर, मंसिर १७ गते । सुनसरीको इनरुवा नगरपालिका-९ स्थित इनरुवा- जाल्पापुर भित्री सडक खण्डबाट ४ सय ६० किलोग्राम लागूऔषध गाँजा सहित सवारी साधन नियन्त्रणमा लिईएको छ ।
मंसिर १६ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षक केशव कुमार थेवेको कमाण्डमा खटिएको प्रहरी टोलीले सडक छेउमा रोकी राखेको बा. ३ च ५५८५ नम्बरको स्कारपियो गाडीलाई संका लागी चेकजाँचको क्रममा गाडी भित्र १६ वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको ४ सय ६० किलोग्राम गाँजा बरामद गरेको हो ।
गाडीबाट गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न चालकको खोजतलास भईरहेको छ ।
यसै गरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१३ स्थितमा चेकजाँचको क्रममा शहिदभूमी गाउँपालिका-७ का रोहन राईलाई ८ किलो ४९५ ग्राम गाँजा सहित पक्राउ गरेको छ ।


