१६ वर्षीय एक किशोर बेपत्ता

बाजुरा । बाजुराका एक किशोर धनगढीबाट वेपत्ता भएका छन् । जिल्लाको बुढीनन्दा–७ का १६ वर्षीय लोकराज जैशी कैलालीको धनगढीबाट बेपत्ता भएका छम् ।

धनगढीको शिवनगरस्थित पञ्चोदय माद्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेका जैशी मङ्सिर ९ गते कोठादेखि बेपत्ता रहेका छन् ।

लोकराज ९ गते दिउँसो १२ बजेतिर कोठाबाट साइकल लिएर गएको तर हालसम्म घर नफर्किएको बुढीनन्दा नगरपालिका वडा नं–७ का दाजु हेमराज जैशीले बताउनुभयो ।

उहाँले भननुभयो, “धनगढीको शिवनगरमा बहिनी र भाइसँग कोठामा बस्दै आएका थिए । बहिनी बिहान ट्युुसन पढ्न गएको बेला भाइ त्यसै कोठाबाट दिउँसो साइकल लिएर बेपत्ता भएका हो । अहिले धेरै ठाउँमा खोजी गर्यौै । तर कतै पनि फेला परेको छैन ।’’

अहिले जोकराजको खोजिकार्यका लागि प्रहरीलाई समेत खबर गरिसकेको र कसैले देखे वा भेटेमा नजिकको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८६८१४३५९२ र ९७४९७२३९२५ मा खबर खरिदिन हुन आग्रह गरेको दाइ हेमराज जोशीले बताउनुभयो ।

जोशीको जेठा दाइ हेमराज, एक दिदी र आमा बुवा हुनुहुन्छ । आमा र दाइ घरमा खेतीपाती किसान गर्नु हुन्छ भने दिदी र लोकराज धनगढीमा अध्ययन गर्दै आउनु भएको थियो । बुवा उनीहरुको पढाइ खर्चका लागि लामो समयदेखि भारतमा नौकरी गरिरहनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖