यमरी पूर्णिमामा झी पुचःद्वारा नेवारी संस्कृतिको पहिचान झल्कने यमरीको स्टल प्रदर्शन

विराटनगर । यमरी पूर्णिमाको अवसरमा नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरले बिहीबार शुभकामना आदानप्रदान कार्यक्रमसहित विशेष यमरी स्टल सञ्चालन गरेको छ ।

नेवाः सांस्कृतिक पहिचान प्रवद्र्धनका उद्देश्यसहित कोशी पर्यटन वर्ष–२०८२ लाई पनि समर्थन हुनेगरी विराटनगर–९ मेनरोडस्थित पञ्चमुखी हनुमान मन्दिर नजिक ‘बी प्लट’ क्षेत्रभित्र यो आयोजना गरिएको हो ।
कार्यक्रमको उदघाटन विराटनगर महानगरपालिकाका कार्यबाहक मेयर विश्वनाथप्रसाद भगतले गरेका थिए । उदघाटनपछि बोल्दै उनले नेपाल कला–संस्कृतिको दृष्टिले विश्वकै धनी मुलुकमध्ये पर्ने उल्लेख गर्दै महानगरपालिका विविध जातजातिका भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा बोल्दै झी पुचःका सल्लाहकार राजन श्रेष्ठले यमरी पूर्णिमाको सांस्कृतिक र आध्यात्मिक महत्वबारे धारणा राखे । यमरीलाई पञ्चतत्वको प्रतीक मानिने प्रचलन, यसको बनावट, प्रयोग हुने सामग्री र ‘यः’ अर्थात मनपर्ने तथा ‘मरी’ अर्थात रोटी÷मिठाई भन्ने अर्थसमेत उनले स्पष्ट पारे ।

झी पुचः विराटनगरका अध्यक्ष शरद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अष्टचिरञ्जीवि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनायक पन्त, झी पुचःका संरक्षक हरिबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरेशलाल श्रेष्ठ, कवि तथा पत्रकार मीनकुमार नवोदित, संस्कृतिविद् लोकेन्द्रबहादुर मल्ललगायतले शुभकामना व्यक्त गरेका थिए ।

नेवार समुदायको कृषि–प्रधान जीवनशैलीसँग जोडिएका विभिन्न चाडपर्वमध्ये यमरी पूर्णिमा विशेष मानिन्छ । मार्ग शुक्ल पूर्णिमामा मनाइने यो पर्व स्वादिष्ट यमरी पकवानसँग घनिष्ठ रूपमा जोडिएको छ । पूर्वी पहाडी क्षेत्रमा किराँत समुदायले यस दिन उभौली पर्व मनाउँछन् भने उपत्यका र बाहिरी क्षेत्रका नेवार तथा ज्यापु समुदायले यसलाई सांस्कृतिक दिवसका रूपमा मनाउने परम्परा छ । खसआर्य समुदायमा पनि यस दिन कुलपूजा तथा देवाली पूजा गर्ने चलन छ ।

झी पुचः विराटनगरले नेवार सांस्कृतिक पहिचान जर्गेना गर्ने निरन्तर प्रयासस्वरूप हरेक वर्ष यमरी स्टल सञ्चालन गर्दै आएको छ । अध्यक्ष श्रेष्ठले भने, ‘समुदायबीच सांस्कृतिक एकता र मौलिकतालाई सुदृढ बनाउने उद्देश्यले यमरी पूर्णिमामा यस्तो कार्यक्रम निरन्तर रूपमा आयोजना गर्दै आएका छौं ।’

यस वर्षको स्टलमा स्थानीय बासिन्दा, संस्कृतिप्रेमी यमरीका पारखीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖