मोरङमा दाजुले छुरा प्रहार गर्दा भाइको मृत्यु

मोरङ । मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ तरिगामास्थित मझारेमा दाजुले छुरा प्रहार गर्दा भाइको मृत्यु भएको छ । बुधबार राति आपसी विवादमा ३० वर्षीय राजुकुमार साहले छुरा प्रहार गर्दा २८ वर्षीय श्रवण साहको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

घटनामा गम्भीर घाइते भएका श्रवणलाई तत्कालै विराट मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रहेका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार आपसी विवाद चर्किएपछि राजुले श्रवणको छातीमा छुरा प्रहार गरेका थिए।
मृतक र अभियुक्तको घर नजिकै रहेको र घटनापछि राजुकुमार भागेको प्रहरीले जनाएको छ ।

घटनास्थल भारतीय सीमाबाट करिब ५० मिटरमै भएकाले राजु छुरा प्रहारपछि भारततर्फ भागेको प्रहरीको भनाइ छ। घटनाको थप अनुसन्धान भइहरेको र भारतीय सुरक्षा निकायसँग समन्वय गरी आरोपीलाई पक्राउ गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।