कांग्रेस नेता डा. सुनिल शर्माद्वारा मोरङको एक विद्यालयलाई आफ्ना मातापिताको स्मृतिमा २ करोड रुपैयाँको ठूलो सहयोग प्रदान
मोरङ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयलाई आफ्ना मातापिताको स्मृतिमा २ करोड रुपैयाँको ठूलो सहयोग प्रदान गरेका छन्।
उक्त सहयोगसँगै विद्यालयको नाम अब “श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय” हुने भएको छ।
डा. शर्माले शिक्षा क्षेत्रलाई दीर्घकालीन विकासको आधारस्तम्भ भन्दै सार्वजनिक विद्यालय सुदृढीकरणमा आफ्नो योगदान निरन्तर रहने बताउनुभएको छ। आर्थिक अभावका कारण गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित स्थानीय विद्यार्थीका लागि यो सहयोग ‘आशा र अवसर’ बनेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।
स्थानीयवासी, अभिभावक तथा शिक्षकहरूले डा. शर्माको समाजसेवी भूमिकाको उल्लेखनीय प्रसंसा गर्दै यस्तो योगदानले भविष्यका पुस्ताहरूलाई सक्षम र प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।


