झापाको शनिश्चरे बजारमा भएको आगलागीबाट करिब ९० लाखको क्षति
झापा । झापाको शनिश्चरे बजारमा भएको आगलागीबाट करिब ९० लाखको क्षति भएको छ ।
गएराति अर्जुनधारा नगरपालिका ८ रातो पुल बस्ने सन्तोष साहको दुई तले पक्की घरको भुइँतलामा रहेको दुई वटा सटरमा रहेको हार्डवेयर पसलमा बिद्युत् सर्ट भई आगलागी भएको थियो ।


