झापाबाट लागू औषध ब्राउन सुगर सहित तीन जना पक्राउ
झापा, मंसिर १९ गते । झापाको भद्रपुर-५ र बिर्तामोड नगरपालिका-६ स्थितबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंसिर १८ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले पैदलयात्री बिर्तामोड नगरपालिका- ९ का बिनोद मर्डीलाई १ ग्राम १९० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी बुट्टाबारीले अर्जुनधारा नगरपालिका-११ का सक्षम दर्नाल र अबिन उराउलाई २२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


