संखुवासभाको धर्मदेबी माम्लिङ्गमा यसरी मनाइयो उधौली
संखुनासभा । संखुवासभाको धर्मदेबी माम्लिङ्गमा उधौली पर्व मनाईएको छ।
संखुवासभा धर्मदेबी नगरपालिका वडा न.४ याख्खा चोकमा किराँतिहरुले सामुहिक रुपमा पुजा गरेर तथा विभिन्न सांस्कृतिक कार्यक्रम सहित धान्यपुर्णिमा मनाएका छन् ।
लिंखा वंश सेवा समाज धर्मदेबी -४ को आयोजनामा बिहिबार चासुवा ताङ्नाम सामुहिक पुजा कार्यक्रम पश्चात् दिउँसो विभिन्न सांस्कृतिक कार्यक्रम साँझमा कार्यक्रम सम्पन्न भएको थियो।
सांस्कृतिक कार्यक्रममा केन्द्रिय सल्लाहकार संयोजक भिम लिंखाको प्रमुख आतिथ्यता तथा भक्त ब. गुरुङको विशेष आतिथ्यतामा गायक कुबेर खम्बुको सांस्कृतिक प्रस्तुति समेत रहेको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,विभिन्न संघ संस्थाका प्रतिनिधि ,बुद्धिजीवी र स्थानीय समाजसेविको आतिथ्यता रहेको थियो।
उक्त सांस्कृतिक कार्यक्रममा विभिन्न धार्मिक समुदायका अगुवा संस्थाहरुले आ आफ्नो समुदायको संस्कृति झल्किने झाँकी समेत प्रस्तुत गरेका थिए।
उक्त सांस्कृतिक कार्यक्रम लिंखा वंश सेवा समाजका प्रतिनिधि नारायण लिंखाले संचालन गर्नुभएको थियो।


