सुकुना माविमा ‘कानुन विद्यार्थी समाज’को ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा सुमन विश्वकर्मा

मोरंग । मोरंगको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थीहरूको साझा मञ्च “कानुन विद्यार्थी समाज सुकुना” को ऐतिहासिक प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। २०८२ साल मङ्सिर १९ गते विद्यालयको सभाहलमा आयोजित एक विशेष समारोहका बिच समाजको विधिवत स्थापना र नयाँ नेतृत्व चयन गरिएको हो।

कानुनी शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी विद्यार्थीहरूमा व्यावहारिक ज्ञान, नेतृत्व विकास र अनुसन्धानात्मक सीप प्रवर्द्धन गर्ने उद्देश्यले यो समाज स्थापना गरिएको हो।

समितिका संयोजक सुमन विश्वकर्माको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको प्रमुख आतिथ्य रहेको थियो। यसैगरी, विशिष्ट अतिथिहरूमा शिक्षक अभिभावक संघका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा कानुन क्षेत्रका विज्ञहरू अधिवक्ता बालकृष्ण आचार्य र अधिवक्ता जयराम सुन्दासको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहसंयोजक मनोज श्रेष्ठले समाजको औचित्यबारे प्रष्ट पार्नुभयो भने सदस्य सचिव रोहन सुवेदीले प्रगति प्रतिवेदन र सदस्य गीता अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। कार्यक्रममा संयोजक सुमन विश्वकर्माले समाजको भावी योजना प्रस्तुत गर्नुभएको थियो।

अधिवेशनले सुमन विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। त्यसैगरी समितीको उपाध्यक्षमा रिजा कार्की र सम्पदा बुढाथोकी, सचिवमा रोहन सुवेदी, सहसचिवमा प्रसन्न आचार्य, कोषाध्यक्षमा मनोज श्रेष्ठ,सदस्यहरूमा सलिजा थापा, वर्षा खड्का, आयुष दाहाल, प्रचण्ड चौहान, मनिषा राउत, जेनिसा पौडेल र लक्ष्मी कार्की चयन भएका छन्।

यो समाज पूर्णतः गैर-राजनीतिक र विद्यार्थी-केन्द्रित संस्थाको रूपमा स्थापित भएको छ, जसले विद्यार्थीहरूको कानुनी ज्ञान र सीप विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको अध्यक्ष विश्वकर्माले सुन्दरहरैचा अपडेटलाई जानकारी गराएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।