उदयपुरमा नागरिक सुनुवाइ एवं लागू औषध दुर्ब्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

उदयपुर । उदयपुरमा नागरिक सुनुवाइ एवं लागू औषध दुर्ब्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुर र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त आयोजनामा लिम्चुङबुङ गाउँपालिकाको सभाहलमा नागरिक सुनुवाई एवं लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम हिजो सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम प्रसाद पाण्डेय, पशुपति प्रसाद गण पिपलटार उदयपुरका प्रमुख सेनानी मनोज कार्की, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाई, राष्ट्रिय अनुसन्धान उदयपुरका प्रमुख तुलसी कट्टेल, सशस्त्र प्रहरी वल नेपाल ५ नं. गण हे. क्वा उदयपुरका शसस्त्र प्रहरी नायव उपरीक्षक सदन कुमार बिष्ट, स्थानीय तहका पदाधिकारीहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, स्थानीयवासीहरू गरी अ.५५ जनाको संख्यामा उपस्थिति रहेको थियो ।

कार्यक्रममा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी प्रहरी उपरीक्षक राजन चापागाईले सचेतनामूलक प्रस्तुति सहित सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र प्रहरी उपरीक्षक राजन चापागाईले उपस्थित महानुभावहरुबाट प्राप्त सवालहरुको सम्बोधन गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।