जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरूमा आक्रमण गर्ने ४६ जना पक्राउ, २१ जना जेल चलान

झापा । जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरूमा आक्रमण गर्ने ४६ जना पक्राउ परेका छन् । त्यसमध्ये २१ जना जेल चलान भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनले चार जना नाबालकलाई अभिभावकको जिम्मा लगाइएको , ती नजना धरौटीमा रिहा भएको , ७ जना हाजिरी जमानीमा छुटेको र बाँकीमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन् । बिर्तामोडमा तोडफोड र आगजनी गर्ने ८ जना हिजो जेल चलान भएका छन् ।

चार जनालाई पुर्पक्षका लागि र चार जनालाई धरौटी तिर्न नसकेर कारागार पठाइएको हो । आपराधिक उपद्रव, थुनुवा भागे भगाएको र हातहतियार मुद्दामा झापा जिल्ला अदालतमा थुनछेक हुँदा ५ जना प्रतिवादीमध्ये तीन जनालाई पुर्पक्ष र दुई जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।

सुनसरी हरिनगर १ का २२ वर्षीय शाहिद हुसैन अन्सारी , बिर्तामोड ५ का ४५ वर्षीय नवराज राई र बिर्तामोड ३ बस्ने २१ वर्षीय बादल राजवंशीलाई पुर्पक्षमा पठाउने आदेश भएको हो । बाँकी दुईजना बिर्तामोड ५ की २४ वर्षीया पूजा मगर र अर्जुनधारा ७ का २८ वर्षीय सुरज राईलाई जनही ७५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएकोमा धरौटी दिन नसकेपछि ती दुई जनालाई पनि झापा कारागारमा थुनामा पठाइएको झापा जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए ।

यसअघि बिर्तामोड ५ का २० वर्षीय राजन चौधरी , बिर्तामोड ५ का १६ वर्षीय आयुष धिमाल र बिर्तामोड ६ का २४ वर्षीय अनीश मण्डललाई कारागार पठाइसकिएको छ । कारागार चलान हुनेहरूमाथि दोहोरो र तेहेरो अभियोग रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए । नवराज राईमाथि तेहेरो अभियोग लागेको छ भने अनीश मण्डल , शाहिद हुसैन अन्सारी, पूजा राई , सुरज राईमाथि दोहोरो अभियोग लागेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

यसअघि जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने १३ जना जेल चलान भएका थिए । तीन दिनअघि विभिन्न मितिमा पक्राउ परेकाहरूलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो ।

कारागार चलान हुनेहरूमा पाँचथर मिक्लाजुङ ५ बस्ने २१ वर्षीय साजन लुहागुन , इलाम चुलाचुली ३ बस्ने २२ वर्षीय नकुल अधिकारी , दमक ७ बस्ने २४ वर्षीय लोमश कटुवाल , दमक ७ बस्ने २० वर्षीय गौरव भुजेल , पाँचथर मिक्लाजुङ ३ बस्ने सुशील फियाक , दमक ७ बस्ने १९ वर्षीय शिव मल्लिक , इलाम चुलाचुली २ बस्ने २२ वर्षीय दर्शन लिम्बू , गौरादह ३ घर भई हाल दमक ९ बस्ने १९ वर्षीय सुन्दर गिरी , गौरीगञ्ज वडा नं ३ बस्ने ४६ वर्षीय रमेश पासवान र सोही ठाउँका १९ वर्षीय सोनु पासवान रहेका छन् । उनीहरूलाई झापा जिल्ला अदालतले मङ्सिर १६ गते पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

यसअघि गत कात्तिक २७ गतेको आदेशले इलाम चुलाचुली ३ बस्ने १९ वर्षीय सुजल राई , दमक ९ बस्ने २६ वर्षीय अरुण रोका र दमक ९ बस्ने १९ वर्षीय गणेश शर्मा पुर्पक्षका लागि जेल चलान भएका थिए ।

त्यस्तै दमक ३ बस्ने १६ वर्षीय रियाज सिलवाल ,दमक ५ बस्ने १६ वर्षीय सायल राई , दमक ७ बस्ने १७ वर्षीय शाखिब शेख र दमक ३ बस्ने १७ वर्षीय आदित्य लिम्बू गरी चार जना नाबालकलाई अभिभावकको जिम्मा लगाइएको छ ।

त्यस्तै दमक ९ बस्ने ३४ वर्षीय सन्तबहादुर मोते र दमक ८ बस्ने ३६ वर्षीय उमेश थापा जनही १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । त्यस्तै दमक ३ बस्ने २१ वर्षीय केदार बस्नेत ३० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । प्रहरीले जेनजी आन्दोलनमा संलग्न भएर पक्राउ परेकाहरूलाई ज्यान मार्ने उद्योग , आपराधिक उपद्रव , हतियार खरखजना , र अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।