लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा मुख्य आरोपी पदम अधिकारी पक्राउ

मोरंग, २१ मंसिर । मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमको “हत्यारा” पक्राउ परेको छ। सोही स्थानका बिचारी भनिने पदम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले हँसियाले रेटेर र खुकुरी प्रहार गरी कुकृत्यपछि अंशुको हत्या गरेको स्वीकार गरेको अंशुको परिवारले जनाएको छ।

घटना भएपछि अधिकारी भारतको आसाम–तीनसुकिया भागेका रहेछन्। फोन सम्पर्क भएपछि उनी शुक्रबार घर फर्केका थिए र सोही राति प्रहरीले उनलाई पक्राउ गरेको परिवारको भनाइ छ। अंशुका बुबा नवीन गौतमले उनीविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्।

पदम अधिकारीलाई मोरङ प्रहरीले आज आइतबार बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरेको छ। असोज २१ गते कुकृत्यपछि हत्या भएकी अंशुको शव १८ दिनपछि चिसाङ जंगलमा दुई टुक्रा पारिएको र कुहिएको अवस्थामा फेला परेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।