इलाममा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

इलाम । इलामको देउमाई ९ मा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

वडाभरका सामुदायिक र सस्थांगत विद्यालयका विद्यार्थी र शिक्षकसमेतको सहभागितामा लैङ्गिक हिंसासॅग सम्बन्धित कार्यक्रम भएको हो।

वडाकै आयोजनामा भएको कार्यक्रमअन्तर्गत नवमी बजार क्षेत्रमा विभिन्न प्ले कार्डसहितको र्याली र वडाको सभाहलमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको स्थानीय विमल अधिकारीले जानकारी दिए ।

कार्यक्रममा देउमाई नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक पविमाया राई, न्यायिक समितिकै डिमला राई, इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रतिनिधिलगायतले लैङ्गिक हिंसा, यसका प्रकार, अवस्था, समाधान, सजायलगायत विषयमा विद्यार्थी जानकारी गराए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।