झापाकी दीपशिखा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस कोस्मो’मा ‘बेस्ट कार्निभल’ (कस्ट्युम) प्रतिस्पर्धाको टप–१५ मा
झापा । झापाको अर्जुनधाराकी दीपशिखा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ‘बेस्ट कार्निभल’ (कस्ट्युम) प्रतिस्पर्धाको टप–१५ मा स्थान बनाएकी छिन्।
नेपाल पहिलोपटक उक्त प्रतियोगितामा सहभागी भएकोमा पनि राष्ट्रिय कस्ट्युम क्याटेगरीमा टप–१५ मा पर्नु नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमै सम्भवतः पहिलो सफलता मानिएको छ।
दीपशिखाले प्रस्तुत गरेको राष्ट्रिय पहिरन फेसन डिजाइनर सोनम सुब्बाले गोरखाको ऐतिहासिक सम्पदा र सांस्कृतिक विरासतबाट प्रेरणा लिएर डिजाइन गरेकी हुन्।
उक्त उपलब्धिले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कला, संस्कार र पहिरनको पहिचान झनै उजागर गरेको छ।


