पांच महिना भयो पैसा फिर्ता नआएपछि अन्जु पन्तको कडा चेतावनी — “नाम, फोटो, भिडियो सबै सार्वजनिक गर्छु!”

काठमाडौ । चर्चित गायिका अन्जु पन्तले आफूसँग लिएको पैसा पाँच महिनादेखि नफिर्ता गर्ने एक संगीतकर्मीप्रति रोष प्रकट गर्दै नाम, फोटो र भिडियो समेत सार्वजनिक गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएकी छन्।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो गुनासो सार्वजनिक गर्दै पन्तले भनिन्— “नेपालको संगीत क्षेत्रमा नाम चलेका एक महाशयले १५ दिनमा दिन्छु भनेर लगेको मेरो पैसा भोलि दिन्छु, पर्सी दिन्छु भन्दै भाका राख्दा राख्दै ५ महिना बितिसक्यो। अझै पनि भाका राख्न छोडेका छैनन्।”

उनका अनुसार ती व्यक्तिले बारम्बार मिति तोकेर पनि पैसा फिर्ता नगर्दा आफू अब अन्य विकल्प खोज्न बाध्य भएको बताइन्। पन्तले सो व्यक्तिलाई ‘फटाहा’ सम्बोधन गर्दै लेखेकी छन्— “अब के गरूँ? नाम, फोटो, भिडियो सार्वजनिक गरी कानुनी कारबाहीमा जान बाध्य होला जस्तो छ।”

गायिका पन्तले उक्त विषयमा जनतासँग सुझाव माग्दै लेखेकी छन्— “त्यो अवस्था नआओस् भने तपाईंहरू के भन्नुहुन्छ? सल्लाह दिनुहोस्।”

उनको यस्तो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। धेरैले पन्तलाई तुरुन्त कानुनी बाटो अपनाउन सुझाव दिएका छन् भने केहीले ‘नाम नखोली चेतावनी दिने शैली’ नै दबाब सिर्जना गर्ने रणनीति भएको बताइरहेका छन्।

अहिलेसम्म अन्जु पन्तले ती व्यक्तिको नाम सार्वजनिक गरेकी छैनन्, तर उनको पोस्टका कारण नेपाली संगीत क्षेत्रमा ठूलो तरंग आएको छ। पैसा लिएर फिर्ता नदिने प्रवृत्तिमाथि कलाकार तथा सर्वसाधारण दुवैबाट तीव्र आलोचना भइरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।