पाँचथरमा हजुरबुबाले गरे नातिको हत्या
पांचथर । पाँचथरको फाल्गुनन्द गाउॅपालिका ७, आङ्साराङका ८३ वर्षे वर्णसिङ आङ्देम्बेले नाति ३५ वर्षे प्रेम आङ्देम्बेको छुरी प्रहार गरी हत्या गरेका छन् ।
स्थानीयका अनुसार वर्णसिंह दाजुभाइमध्ये काइॅला हुन् । उनले आफ्ना साहिॅला दाजुका नातिको हत्या गरेका हुन् । प्रेम चाहिॅ वर्णका साहिॅला दाजुका एकमात्र छोराका माहिला छोरा थिए ।
वर्णका छोरा खड्गबहादुरको घरमा घटना भएको हो ।
घटनाको थप विवरण आउन बांकी रहेको छ ।


